जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ

  • कालिका खवर
  • बुधबार, पुस ९, २०८२
  • काठमाडौँ । विभिन्न जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ पक्राउ परेका छन् ।  भक्तपुर, ललितपुर र दार्चुलाबाट ३१ जना पक्राउ परेका हुन् । भक्तपुरको सूर्य विनायक नगरपालिका–५ चुनदेवीबाट जुवा तास खेलिरहेको अवस्थामा भक्तपुर सूर्यविनायक बस्ने रामेछाप मन्थली नगरपालिका–७ घर भएका ३२ वर्षीय कुशल मगरसमेत १० जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ५२ हजार ४ सय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । त्यस्तै,भक्तपुर नगरपालिका–८ च्यामासिंह बस्ने माइला मारीखुको घरमा जुवा तास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका–७ बागेश्वरी बस्ने ५१ वर्षीय नारथ कार्कीसहित ७ जनालाई मङ्गलवार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई ७३ हजार ७ सय २५ रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

    यता, ललितपुरको महालक्ष्मी नगरपालिका–२ आँगन पाटी प्यालेसको पछाडि रहेको टहरामा जुवा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१ इमाडोल बस्ने गोरखा घर भएका ३२ वर्षीय सुनिल क्षेत्रीसहित ८ जनालाई मङ्गलवार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोवाटोबाट र प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ४ सय ४७ रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।

    त्यस्तै, दार्चुलाको महाकाली नगरपालिका–४ नमुना टोल खलङ्गा बजार बस्ने ४२ वर्षीय गौरवलाल चुनाराको घरमा जुवा तास खेलिरहेको अवस्थामा गौरवसहित ६ जनालाई मङ्गलवार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७६ हजार ५ सय ८५ रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।  पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar