जनकपुरमा कांग्रेसको प्रतिज्ञा सभा सुरू

  • कालिका खवर
  • बुधबार, फाल्गुन ६, २०८२
  • काठमाडौँ : नेपाली कांग्रेसको प्रतिज्ञा सभा सुरु भएको छ । मधेश प्रदेशको राजधानी जनकपुरमा भर्खरै सभा सुरु भएको छ । सभामा सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, पूर्व उपसभापति विमलेन्द्र निधिलगायत नेताहरुले सम्बोधन गर्ने तय भएको छ ।

    २१ फागुनको लागि कांग्रेसको यो पहिलो चुनावी सभा हो । सभामा एक लाख जनता सहभागी हुने मधेश प्रदेशका सभापति तथा मुख्यमन्त्री कृष्णा यादवले दाबी गरेका थिए । कांग्रेसले आज यही सभाबाट आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गर्ने तय भएको छ । आजमात्रै पार्टी केन्द्रीय कमिटीले प्रतिज्ञापत्र अनुमोदन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar