जिबूती तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिँदा ९ जनाको मृत्यु, ४५ जना बेपत्ता

  • कालिका खवर
  • बिहिबार, चैत्र १२, २०८२
  • काठमाडौँ । जिबूतीको तटमा आप्रवासी बोकेको डुङ्गा पल्टिएर दुर्घटनाग्रस्त भए पछि कम्तिमा ९ जना आप्रवासीको मृत्यु हुनुका साथै अन्य ४५ जना बेपत्ता भएको आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आइओएम) ले बिहीबार जनाएको छ ।

    गत मार्च–२४ को राति जिबूतीको तटमा ३२० जना आप्रवासी यात्रुहरू बोकेको जहाज दुर्घटना भएको आइओएमले सामाजिक सञ्जाल एक्स मार्फत जनाएको छ । संयुक्त राष्ट्रसंघीय आप्रवासन एजेन्सीले जिवित तथा वेपक्ता मानिसहरूलाई सहयोग गर्न र खोजी र उद्धार प्रयासहरू स्थानीय अधिकारीहरूसँग मिलेर गरिरहेको बताएको छ ।

    पछिल्लो त्रासदीपुर्ण घटना जिबूतीको लाल सागर तटमा रिपोर्ट गरिएका धेरै घातक दुर्घटनाहरू मध्ये एक भएको जनाइएको छ । द्वन्द्वग्रस्त यमन हुँदै मध्यपूर्व पुग्ने आशामा धेरै आप्रवासीहरूले डुङ्गाको खतरनाक यात्रा गर्ने गरेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar