झरुवाराशीमा वसन्त नवरात्री–रामनवमी भक्ति अनुष्ठान , रामनवमीका दिन सीतारामको रथयात्रा

  • कालिका खवर
  • बिहिबार, चैत्र १२, २०८२
  • ललितपुर – रामनवमीको पवित्र अवसर पारी श्री १०८ श्रीमद्भागवत स्वर्णकल्याण सेवा परिषद्को आयोजनामा गोदावरी नगरपालिका १३ झरुवारासीमा वसन्त नवरात्री–रामनवमी भक्ति अनुष्ठान २०८२ चलिरहेको छ ।

    गत साताको विहीबारबाट सुरु भएको भक्ति अनुष्ठान अनुष्ठान भोली शुक्रबार रामनवमीका दिनसम्म चल्नेछ । अनुष्ठानको शुभारम्भसँगै सयौं भक्तजन एवं खैजडी भजन टोलीले कलशयात्रा गरिएको थियो ।

    आध्यात्मिक चिन्तनद्वारा राष्ट्रशान्ति,लोककल्याण,समस्त जीवात्माहरुको सुखशान्ति एवम समस्त ज्ञात अज्ञात आत्माहरुको मोक्ष प्राप्तिका लागि यो अनुष्ठान भइरहेको आयोजक १०८ श्रीमदभागवत स्वर्ण कल्याण सेवा परिषदले जनाएको छ । अनुष्ठानमा आचार्य श्री गोविन्दशरण दाहालबाट कथावाचन भइरहेको छ ।

    देशव्यापी १०८ श्रीमदभागवत सङ्कल्प अभियानकर्ता तथा परिषदका अध्यक्ष मुमुक्षु उद्धव शर्माका अनुसार आध्यात्मिक जागरण अभियानस्वरुप आयोजना गरिएको अनुष्ठान सम्पन्न भईसकेपश्चात उक्त स्थानमा ज्येष्ठ नागरिकको लागि पवित्र धाम विकासको कार्य अगाडि बढ्नेछ । उनका अनुसार झरुवाराशीमा रहेको आश्रममा ज्येष्ठ नागरिक सप्ताहालय सञ्चालनको परिकल्पना गर्दै अनुष्ठान सुरु गरिएको हो ।

    बिहीबारको उद्घाटन कार्यक्रममा नगरप्रमुख महर्जन सहित वडा नं १३ का वडाध्यक्ष भास्कर थापाका साथै पत्रकारहरुको तर्फबाट नवीन लुईटेलले अहिलेको परिवेशमा धर्म संस्कृति र परम्पराको महत्व दर्शाएका थिए ।

    अनुष्ठान समापन हुने रामनवमीका दिन झरुवाराशी चापागाँउका ऐतिसिक मठ मन्दिरहरुमा भगवान सीताराम लक्ष्मणसहित हनुमानको रथयात्रा आयोजना गरिने आयोजकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar