झापा-३ बाट कृष्णप्रसाद सिटौलाका छोरा उम्मेदवार सिफारिस

  • कालिका खवर
  • शुक्रबार, मंसिर २६, २०८२
  • विराटनगर । आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसले पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका छोरा श्यामप्रसाद सिटौलालाई उम्मेदवारका रूपमा सिफारिस गरेको छ। तरुण दलका केन्द्रीय सदस्य रहेका श्याम तल्लो संरचनामा खासै सक्रिय नदेखिएको भन्दै स्थानीय कांग्रेस दुई धारमा विभाजित भएको छ।

    एक समूहले ‘नेताका छोराले पनि योगदान दिन सक्छन्’ भन्दै समर्थन जनाए पनि अर्को समूहले भने यसलाई परिवारवादको उदाहरण बताउँदै विरोध गरेको छ। यसअघि झापा–३ मा पटक–पटक स्वयं कृष्णप्रसाद सिटौला उम्मेदवार बन्दै आएका थिए तर यसपटक उनलाई सिफारिसमा नसमेटी छोरालाई अघि सारिएको जिल्ला नेताहरूले जनाएका छन्।

    श्यामसँगै टीकाराज ढकाल, सीताराम खड्का, राजेन्द्र घिमिरे, देउप्रसाद लावुङ लिम्बू, नवीन विमली, भगिरथ पोद्धार र शर्मिला अधिकारीको नाम पनि समानान्तर रूपमा सिफारिस भएको छ। यस्तै झापा–२ बाट संविधान सभा सदस्य सुधीर सिवाकोटीका छोरा सजेस सिवाकोटीको पनि उम्मेदवारीका लागि नाम प्रस्ताव गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar