जगदीश खरेलको उत्तेजक अभिव्यक्तिले विपक्षी आक्रोशित

  • कालिका खवर
  • मङ्लबार, जेष्ठ १२, २०८३
  • काठमाडौँ । रास्वपा संसद जगदीश खरेलले संसद बैठकमा उत्तेजित अभिव्यक्ति दिएपछि बिपक्षी दलका सांसदहरु थप आक्रोशित भएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोधकाबीच पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफलका क्रममा सांसद खरेलले उत्तेजित अभिव्यक्ति दिएपछि उनीहरु थप आक्रोशित भएका हुन् ।

    सांसद खरेलले बिपक्षी दलका सांसदले सदनमा तमाशा देखाएको बताएका थिए । उनले सरकारले अध्यादेश ल्याउनुको कारण अहिले सदनमा देखिएको घटनाक्रमले देखाएको भन्दै संविधान जारी भएपछि बन्नुपर्ने ऐन र कानुनहरू संसदमा हुने गरेको तमाशाले नै बन्न नसकेको टिप्पणी गरे ।

    सांसद खरेलले सदनबाट कानून बनाउने कुरालाई कसैले अवरोध गर्न नसक्ने धारणा समेत राखेका थिए ।सांसद खरेलको धारणापछि बिपक्षी दलका सांसद थप आक्रोशित भएपछि सभामुख डोल प्रसाद अर्यालले छलफल बिचैमा रोकेर बैठक स्थगित गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar