जेनजी आन्दोलनमा लुटिएका हातहतियारसहित एकजना पक्राउ

  • कालिका खवर
  • मङ्लबार, फाल्गुन १९, २०८२
  • काठमााडौं । जेनजी आन्दोलनमा लुटिएका हातहतियारसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

    गोरखा पालुङटार नगरपालिका–९ घर भई हाल भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–८ भुम्भोड बस्ने ३१ वर्षीय आयन सेढाईंलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो ।

    सेढाईंलाई ए–८८९६ नम्बरको इन्सास राइफ, एसएलआर राइफलको गोली ४ थान, प्लास्टिक गोली १ थान, सटगनमा लाग्ने गोली १ थान, खुकुरी १ थान, खुकुरीको दाप २ थान, बन्चरो १ थान र लागुऔषधमा प्रयोग गरिने सिरिन्ज ५ थानसहित सेढाईंलाई नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar