जेनजी आन्दोलनमा बानेश्वरमा बाणिज्य बैंक लुट्ने दुई जनाविरुद्ध मुद्दा दर्ता

  • कालिका खवर
  • सोमवार, कार्तिक ३, २०८२
  • काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा लुटपाट प्रकरणमा दुई जनाविरुद्ध डाँका चोरीमा मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले दोलखा बैतेश्वर गाउँपालिका–८ का दीपक श्रेष्ठविरुद्ध डाँकाचोरी कसुरमा काठमाडौँ जिल्ला अदालत र नाबालकलाई बाल अदालत भक्तपुरमा मुद्दा दर्ता गरेको हो ।

    बैंक लुटपाट आरोपमा समातिएका श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गर्दा लुटेको रकमले बुलेट मोटरसाइकल खरिद गरेको खुलेको खुलेको छ । उनले २ लाख ५० हजार नगदमा १ लाख ७२ हजार रुपैयाँ थपेर बुलेट मोटरसाइकल खरिद गरेको स्वीकारेका छन् ।

    काठमाडौँ बानेश्वरमा कोठा भाडामा बस्दै आएका श्रेष्ठले प्रहरीसँगको बयानमा राष्ट्रिय वाणिज्य बैंकबाट २ लाख ५० हजार नगद लुटपाट गरेको स्वीकार गरेका छन् । उनले नगदसहित सुनको बाला ३ थान, बेरुवा औँठी १ थान, गणेश भगवानको लकेट भएको सिक्री १ थान पनि लुटपाट गरेको स्वीकारेका छन् ।

    श्रेष्ठका साथै अर्का एक नाबालकलाई भने बाल अदालत भक्तपुरमा मुद्दा दर्ता गरिएको छ । प्रतिवादी बनाइएका नाबालकले राष्ट्रिय वाणिज्य बैंकबाट ३ लाख ५० हजार रुपैयाँ, ३ थान सिक्री, १ थान औँठी, सुनको छड्के तिलरी १ थान र सुनको मंगलसुत्र १ थान लुटपाट गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

    जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले बरामद हुन नसकेको सुन १७,५१०.८५ ग्राम सुनको भदौ २४ को मूल्यांकन अनुुसार ३२ करोड २३ लाख २२ हजार २ सय १५ रुपैयाँ र नगद रकम ५ करोड ११ लाख १६ हजार ६ सय ३८ रुपैयाँ ३५ पैसा गरी जम्मा ३७ करोड ३४ लाख ३८ हजार ८ सय ५४ रुपैयाँ ३० पैसा बिगो दाबी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar