जेन-जी आन्दोलनमा विध्वंश मच्चाउने रास्वपा कार्यकर्ता पक्राउ

  • कालिका खवर
  • मङ्लबार, कार्तिक २५, २०८२
  • काठमाडौँ : गत भदौ २३ र २४ को जेन–जी आन्दोलनको क्रममा भएका विभिन्न विध्वंशहरुमा संलग्न रहेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ता अभिमन्यु पाण्डे पक्राउ परेका छन् । उनले जेन–जी आन्दोलनको क्रममा पोखरामा माइकिङ गर्दै विभिन्न व्यक्तिहरुको घर तोडफोड र आगजनीका लागि अपिल गरेको बताइएको छ ।

    पक्राउ परेका पाण्डे पृथ्वीचोकमा रहेको सहिद लखन थापाको शालिक फुटाउनेदेखि व्यवसायी विन्दु थापाको घरमा आगो लगाउनेसम्मको भूमिकामा सहभागी भएको आरोप छ । प्रहरीले उनलाई आज विहान पक्राउ गरेको हो । प्रहरीका अनुसार पाण्डेविरुद्ध आपराधिक उपद्रव मुद्दा चलाइने तयारी रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar