इदको अवसरमा सेन्टल जेलका १०० कैदीलाई डा. अन्सारीले गरे लुगा वितरण

  • कालिका खवर
  • शुक्रबार, चैत्र ६, २०८२
  • काठमाडौं । इदको अवसरमा आज चैत्र ६ गते समाजसेवी डा. अबुल हुसेन अन्सारीले भद्रकाली सेन्टल जेलमा रहेका १०० जना कैदीबन्दीलाई टोपी, कुर्ता–पैजामा (पन्जाबी सेट) वितरण गरेका छन्।

    उनले कैदीबन्दीहरूसँग इदको शुभकामना आदानप्रदान गर्दै मानवता, सहिष्णुता र मेलमिलापको सन्देश दिएका थिए। लुगा वितरणपछि कैदीबन्दीहरूमा खुसीयाली छाएको देखिएको थियो।

    डा. अन्सारीले भने, “इद केवल पर्व मात्र होइन, आपसी माया, करुणा र सहानुभूति साट्ने अवसर पनि हो। जेलमा रहेका दाजुभाइहरूसँग खुशी बाँड्न पाउँदा मलाई विशेष सन्तोष मिलेको छ। समाजका सबै वर्गसँग जोडिनु नै हाम्रो कर्तव्य हो।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar