हुन्डी कारोबारमा संलग्न गुप्ता पुर्पक्षका लागि जेल चलान

  • कालिका खवर
  • बिहिबार, माघ २९, २०८२
  • काठमाडौं : पर्सा जिल्ला अदालतले सङ्गठित रूपमा हुण्डीमार्फत कारोबार गर्ने वीरगञ्ज महानगर–१ बस्ने प्रशान्तकुमार गुप्तालाई सम्पत्ति शुद्धीकरण मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले पर्सा प्रहरीले सङ्गठित रूपमा हुण्डीमार्फत कारोबार गर्ने गुप्तालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जानकारी दिए ।

    “पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न गुप्तालाई पुस १७ गते पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो”, उनले भने, “अभियुक्त गुप्ताले भारतको रक्सौलबाट नेपाली रकम हुण्डी कारोबारमार्फत नेपालमा ल्याई विभिन्न बैंक खाताहरुमा रकम जम्मा गरी बैंक खातामा चेक तथा फोन पे मार्फत रकमान्तर गरेर रकम लुकाउने वा बदल्ने अभियोगमा अदालतमा मुद्दा दायर गरेका थियौँ ।”

    पर्सा प्रहरीले पक्राउ परेका प्रतिवादी गुप्तासँग रु एक अर्ब ७९ करोड २१ लख १५ हजार ८०० बिगो दाबी गरेको छ । त्यस्तै कुल विगो भने दुई अर्ब ४१ करोड ७८ लाख २३ हजार ३७८ कायम गरेर गरिएको जनाइएको छ । प्रहरीले गुप्ताबाट रू ३३ लाख ५९ हजार दुई सय ५५ रकम जफत गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar