हुन्डाईले भदौ २७ गते ‘टोटल केयर’ सर्भिस क्याम्प आयोजना गर्दै

  • कालिका खवर
  • बिहिबार, भदौ २५, २०८३
  • काठमाडौं । हुन्डाई मोटरको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ग्राहकलाई लक्षित गर्दै विशेष सर्भिसिङ तथा ग्राहक मिलन कार्यक्रम आयोजना गर्ने भएको छ।

    कम्पनीका अनुसार आगामी शनिबार, भदौ २७ गते (सेप्टेम्बर १२) नक्सालस्थित हुन्डाईको केन्द्रीय शोरुममा ‘हुन्डाई टोटल केयर’ कार्यक्रम आयोजना हुनेछ। कार्यक्रम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ।

    ग्राहकलाई आफ्ना सवारीसाधनको अवस्था बुझ्न सहज होस् भन्ने उद्देश्यले कार्यक्रममा निःशुल्क भेहिकल चेकअपको व्यवस्था गरिएको कम्पनीले जनाएको छ। नियमित सरसफाइ, मर्मतसम्भार तथा सवारीको प्राविधिक अवस्था जाँच गर्न कार्यक्रम उपयोगी हुने कम्पनीको भनाइ छ।

    सवारीसाधनमा आवश्यक मर्मतसम्भार गर्नुपर्ने ग्राहकका लागि विभिन्न विशेष छुट तथा सर्भिस कुपनसमेत उपलब्ध गराइनेछ। यसबाट ग्राहकलाई मर्मत खर्चमा राहत पुग्नुका साथै सवारीको कार्यक्षमता कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    कम्पनीले यसपटकको कार्यक्रमलाई सर्भिस क्याम्पमा मात्र सीमित नराखी ग्राहकका लागि विशेष मिलन तथा मनोरञ्जनात्मक कार्यक्रमका रूपमा आयोजना गर्न लागेको जनाएको छ। कार्यक्रममा सहभागीले हुन्डाईका नयाँ मोडलका सवारीसाधनको टेस्ट ड्राइभ गर्न पाउनेछन् भने टेस्ट ड्राइभमा सहभागी ग्राहकका लागि आकर्षक उपहारको व्यवस्था गरिएको छ।

    त्यसैगरी, ग्राहकका लागि विभिन्न मनोरञ्जनात्मक गतिविधिका साथै निःशुल्क फुड स्टलसमेत सञ्चालन गरिने कम्पनीले जनाएको छ।

    ग्राहकसँगको सम्बन्ध थप मजबुत बनाउँदै नियमित सवारीसाधन मर्मतसम्भारको महत्वबारे जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको लक्ष्मी इन्टरकन्टिनेन्टलले जनाएको छ।

    कम्पनीले सम्पूर्ण हुन्डाई सवारीधनीलाई निर्धारित दिन नक्सालस्थित केन्द्रीय शोरुममा उपस्थित भई आग्रह गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar