हिमालयन रि-इन्स्योरेन्सको अध्यक्षमा दीपेन्द्र कुमार मिश्र

  • कालिका खवर
  • सोमवार, अशोज १९, २०८३
  • काठमाडौं । हिमालयन रि-इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समिति अध्यक्षमा दीपेन्द्र कुमार मिश्र चयन भएका छन्।

    कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको ९१औँ बैठकले रिक्त रहेको अध्यक्ष पदमा मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो।

    यसैबीच, सोही दिन बसेको सञ्चालक समितिको ९०औँ बैठकले संस्थापक सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने तीन जना नयाँ सञ्चालक मनोनयन गरेको छ।

    नयाँ सञ्चालकमा नेपाल बैंक लिमिटेडका तर्फबाट होम बहादुर खड्का नियुक्त भएका छन्। त्यस्तै, हंसराज हुलासचन्द एन्ड कम्पनीका तर्फबाट नितेश तोदी सञ्चालक बनेका छन्।

    कालिका फिनकर्ष प्रालिका तर्फबाट पल्लव श्रेष्ठलाई पनि सञ्चालक समितिमा मनोनयन गरिएको कम्पनीले जनाएको छ।

    कम्पनीले संस्थापक सेयरधनीका तर्फबाट तीन जना नयाँ सञ्चालक नियुक्त गरेसँगै सञ्चालक समितिले थप पूर्णता पाएको छ। नयाँ नेतृत्व तथा सञ्चालकहरूको नियुक्तिले कम्पनीको आगामी कार्यसम्पादनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    मिश्रको अध्यक्षतामा कम्पनीले आफ्नो व्यवसायिक गतिविधि, पुनर्बिमा सेवा तथा संस्थागत सुशासनलाई थप प्रभावकारी बनाउँदै अघि बढ्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar