हिमालयन बुलियनका ग्राहकलाई १० लाखसम्मको दुर्घटना बिमा सुविधा

  • कालिका खवर
  • बुधबार, अशोज १४, २०८३
  • काठमाडौँ । विगत २५ वर्षदेखि गरगहना व्यवसाय सञ्चालन गर्दै आएको हिमालयन बुलियन कम्पनी लिमिटेडले आफ्ना ग्राहकको सुरक्षा तथा लगानीको जिम्मेवारीलाई ध्यानमा राख्दै नयाँ दुर्घटना बिमा सुविधा ल्याएको छ।

    कम्पनीले ग्राहकको तहअनुसार सिल्भर, गोल्ड र डाइमन्ड गरी तीन प्रकारको मेम्बरसिप कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ। यी तीनै तहका सदस्यलाई दुर्घटना बिमा सुविधा उपलब्ध गराउने उद्देश्यले कम्पनीले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)सँग द्विपक्षीय सम्झौता गरेको हो।

    सम्झौताअनुसार आगामी बडादशैँको घटस्थापनादेखि बिमा सुविधा लागू हुनेछ। सिल्भर मेम्बरसिप प्राप्त ग्राहकले अधिकतम १ लाख रुपैयाँ, गोल्ड मेम्बरसिप प्राप्त ग्राहकले ५ लाख रुपैयाँ र डाइमन्ड मेम्बरसिप प्राप्त ग्राहकले १० लाख रुपैयाँसम्मको दुर्घटना बिमा सुविधा पाउनेछन्।

    हिमालयन बुलियनका अनुसार ग्राहकको सुरक्षा र हितलाई प्राथमिकतामा राख्दै पर्वको अवसरमा यो विशेष सुविधा ल्याइएको हो। कम्पनीले सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँगको साझेदारीले आफ्ना ग्राहकलाई थप सुरक्षा र सुविधा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।

    कम्पनीले लामो समयदेखि गरगहना व्यवसायसँगै ग्राहकको विश्वास र सुरक्षालाई केन्द्रमा राखेर सेवा प्रदान गर्दै आएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar