हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • कालिका खवर
  • शुक्रबार, भदौ २६, २०८३
  • काठमाडाैँ। श्रीलङ्काको राजधानी कोलम्बोको उपनगर दहिवालास्थित एक घरमा शुक्रबार बिहान भएको हाते ग्रिनेड आक्रमणमा दुई बालकको मृत्यु भएको छ। आक्रमणमा उनीहरूका बुबा घाइते भएको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार १० र १४ वर्षका बालकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा दुवै बालकको मृत्यु भएको हो। घाइते बुबाको भने सोही अस्पतालमा उपचार भइरहेको छ।

    प्रहरीले उक्त आक्रमण दुई सङ्गठित आपराधिक गिरोहबीच जारी द्वन्द्वको परिणाम हुनसक्ने प्रारम्भिक आशङ्का गरेको छ । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar