गृहमन्त्री अर्यालले बोलाए केन्द्रीय सुरक्षा समितिको बैठक

  • कालिका खवर
  • आइतवार, कार्तिक ३०, २०८२
  • काठमाडौं : गृह मन्त्री ओम प्रकाश अर्यालले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । उनले दिउँसो तीन बजे गृह मन्त्रालयमा बस्नेगरी बैठक बोलाएका हुन् । बैठकमा शान्ति सुरक्षाको व्यवस्थाबारे छलफल हुने गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

    बैठकमा गृह मन्त्रालयका सचिव, नेपाली सेनाका एकजना रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख लगायत उपस्थित हुनेछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar