गृहमन्त्री अर्याल र नेपालका लागि बेलायती राजदूतबीच शिष्टाचार भेट

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २८, २०८२
  • काठमाडौँ : गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि बेलायती राजदूत रोब फेनले शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच पछिल्लो परिवर्तित राजनीतिक परिस्थितिबारे विमर्श भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

    त्यसक्रममा मन्त्री अर्यालले जेनजी विद्रोहपछिको सङ्क्रमणकालीन अवस्थालाई सामान्यीकरण गर्न सरकारले प्रयास गरिरहेको बताए ।

    राजदूत फेनले नेपालमा आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा बेलायतको आवश्यक सहयोग रहने विश्वास दिलाए । उनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुने बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar