गौतमश्री सहकारीका सिइओ रबिन विष्ट पक्राउ

  • कालिका खवर
  • शुक्रबार, चैत्र २०, २०८२
  • काठमाडौँ । काठमाडौँको कुलेश्वरमा सञ्चालित गौतमश्री सहकारीका सिइओलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीका प्रमुख कार्यकारी अधिकृत रविन विष्टलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सो सहकारीलाई समस्याग्रस्त घोषणा गर्दै सञ्चालकहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो ।

    प्रहरी प्रधान कार्यालयको पत्रको आधारमा बिहीबार विष्टलाई नियन्त्रणमा लिइएको एसएसपी खड्काले जानकारी दिए । बचतकर्ताको ५ अर्ब ५० करोड रुपैयाँ जोखिममा पारेर गौतमश्रीका सञ्चालकहरू गायब भएको आरोप छ।

    सहकारीका अध्यक्ष काभ्रेपलाञ्चोक घर भएका रामबहादुर गौतम हुन् । उनी फरार छन् । सिइओ विष्टलाई जिल्ला प्रहरी परिसर काठमाडौँले अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar