ग्लोबल आइएमई क्यापिटलको १९औँ वार्षिक साधारणसभा सम्पन्न, २५ प्रतिशत लाभांश पारित

  • कालिका खवर
  • बुधबार, अशोज १४, २०८३
  • काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको १९औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

    बुधबार काठमाडौँमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

    सञ्चालक समितिका अध्यक्ष दिपचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न साधारणसभाको कार्यक्रम कम्पनीका सचिव छविलाल शर्मा पौडेलले सञ्चालन गरेका थिए।

    साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले मुलुकको आर्थिक गतिविधि सुस्त रहेको अवस्थामा पनि कम्पनीले शेयरधनीलाई प्रतिफल प्रदान गर्न सफल भएको बताए। कम्पनीको प्रगतिमा सहयोग पुर्‍याउने शेयरधनी, कर्मचारी तथा सम्बन्धित सबैप्रति उनले धन्यवाद व्यक्त गरे।

    साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण प्रतिवेदन तथा कम्पनीको वार्षिक प्रतिवेदनसमेत पारित गरेको छ।

    ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंक लिमिटेडको सहायक कम्पनी हो। कम्पनीले आफूलाई नेपालको पहिलो मर्चेन्ट बैंकिङ कम्पनीका रूपमा समेत चिनाउँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar