ग्लोबल आइएमई बैंकद्वारा एनपीएल लक्षित नयाँ अफर सार्वजनिक

  • कालिका खवर
  • सोमवार, मंसिर १, २०८२
  • काठमाडौं । ग्लोबल आइएमई बैंकले नेपाल प्रिमियर लिग (एनपीएल) दर्शकलाई लक्षित नयाँ अफर सार्वजनिक गरेको छ।

    बैंकका अनुसार स्यामसङ प्लाजाबाट कुनै पनि स्यामसङ टिभी खरिद गर्ने ग्राहकले ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डमार्फत शून्य प्रतिशत किस्ता (इएमआई) सुविधाको लाभ लिन सक्नेछन्।

    एनपीएलको खेल घरमै बसेर उच्च गुणस्तरमा हेर्न चाहने दर्शकलाई ध्यानमा राखी सुरू गरिएको यो अफरमार्फत ग्राहकले आर्थिक भार बिना नै सजिलैरूपमा टेलिभिजन खरिद गर्न सक्ने बैंकले जनाएको छ।

    बैंकले यो योजना खेलकुदप्रेमी ग्राहकका लागि थप सहज र आकर्षक अनुभव बन्ने विश्वास व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar