एनसेलले ल्यायो आकर्षक ‘११:११ एनसेल एप क्याम्पेन’

  • कालिका खवर
  • सोमवार, कार्तिक २४, २०८२
  • काठमाडौं । एनसेलले आकर्षक अफरसहित ‘११:११ एनसेल एप क्याम्पेन’ संचालनमा ल्याएको जनाएको छ ।

    भोलि नोभेम्बर ११ (मंगलबार) का दिन एनसेल एपमार्फत २०० रुपैयाँ वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकहरूमध्ये ११ जना भाग्यशाली ग्राहकले ११ दिनसम्म प्रयोग गर्न सकिने ११ जीबी नि:शुल्क डेटा प्राप्त गर्नेछन् ।

    कम्पनीका अनुसार एक दिनका लागि मात्र सञ्चालन हुने यो विशेष अफरको उद्देश्य प्रिपेड ग्राहकहरूलाई डेटाले पुरस्कृत गर्नुका साथै विश्वव्यापी ‘११:११ ट्रेन्ड’ सँग मेल खाने रमाइलो र आकर्षक अनुभव प्रदान गर्नु रहेको छ ।

    ‘वन स्टप सेल्फ–केयर एप’ का रूपमा चिनिने एनसेल एपमार्फत ग्राहकहरूले विभिन्न भ्वाइस तथा डेटा प्याक खरिद गर्न, अनलाइन रिचार्ज गर्न, मासिक बिल हेर्न, बाँकी सेवाहरू जाँच गर्न, रोमिङ सेवा सक्रिय वा निष्क्रिय गर्न तथा गिफ्टका रूपमा प्याक पठाउन पनि सक्छन् ।

    त्यसका साथै, एपमा अनलाइन तथा अफलाइन गेमहरू खेल्ने, समाचार हेर्ने, र अन्य रोमाञ्चक सुविधाहरू पनि उपलब्ध छन् । ग्राहकहरूले गुगल प्ले स्टोर वा एप स्टोरबाट एनसेल एप डाउनलोड गरी यी सुविधाहरूको लाभ लिन सक्छन् ।

    उल्लेखनीय छ, ‘११:११’ ट्रेन्ड चीनबाट सुरु भएको विश्वकै सबैभन्दा ठूलो अनलाइन किनमेल उत्सवका रूपमा विकसित भइसकेको हो । ठूलो परिमाणका सेल, फ्ल्यास डिल, काउन्टडाउन अफर र सीमित समयका छुटहरूले गर्दा विश्वभरका उपभोक्ताहरूमा यसको आकर्षण बढ्दो रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar