एनएमबि बैंकका ग्राहकहरु तथा कर्मचारीलाई बेस्ट वेस्टर्न प्लसमा २० प्रतिशत छुट

  • कालिका खवर
  • बुधबार, भदौ १८, २०८२
  • कठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुका लागि विशेष सुविधा प्रदान गर्नका लागि बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग नयाँ साझेदारी गरेको छ ।

    यस साझेदारी मार्फत, एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउनुहुनेछ, जसले बैंकका आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुको बसाइ अझ किफायती र सहज हुनेछ ।

    साथै, बैंकका आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुले होटलका प्रख्यात रेस्टुरेन्टहरू, सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिङ पूल प्रयोगमा १० प्रतिशत छुट पनि प्राप्त गर्नुहुनेछ ।

    एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar