एनआईसी एसियाले कर्जा नीति फेरि बदल्दै, कर्पोरेट र निर्माण क्षेत्रमा फर्कने तयारी

  • कालिका खवर
  • बुधबार, कार्तिक २६, २०८२
  • काठमाडौँ । वित्तीय दृष्टिले सबैभन्दा कमजोर वाणिज्य बैंक बनेको एनआईसी एसिया बैंक अब फेरि आफ्नो लगानी र कर्जा नीति परिवर्तन गर्न लागेको छ। केही वर्षअघि सबै खाले कर्पोरेट कर्जा बन्द गरेर खुद्रा बैंकिङमा केन्द्रित भएको यो बैंक अब कर्पोरेट र निर्माण क्षेत्रमा फर्कने तयारीमा छ।

    नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजितकुमार शाक्यले बैंकमा फर्किएर सबै विभागीय प्रमुखलाई रणनीति परिवर्तन गरिने जानकारी गराइसकेका छन्। उनले भने, “ठूला कर्पोरेटमा जोखिम सहने क्षमता बढी हुन्छ। एउटाको व्यापार बिग्रियो भने पनि अन्य कम्पनीको आम्दानीबाट ऋण फिर्ता हुन्छ।”

    कोभीड महामारीपछि बैंकले सबै ठूला कर्पोरेट ऋणीको ऋण फिर्ता मागेको थियो। त्यसपछि बैंकले व्यापक शाखा विस्तार गर्दै साना खुद्रा कर्जा दिने रणनीति अपनाएको थियो। तर युवा पलायन, सट्टेबाजी बजार खुम्चिनु र मध्यम वर्गको ऋण संकटले गर्दा साना व्यवसायी टिक्न सकेनन्।

    शाक्यका अनुसार, अब बैंक ‘सन्तुलनकारी’ रणनीतिमा फर्केर ठूला कर्पोरेट र निर्माण क्षेत्रमा लगानी बढाउने छ। उनले थपे, “पहिले हामीबाट निकालेको विश्वास फिर्ता ल्याउन गाह्रो छ, तर विस्तारै सुधार गर्दै ग्राहकको विश्वास पुनः जित्नेछौं।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar