एनआईसी एशिया बैंकले लिलाम सम्पत्ति जानकारीका लागि अनलाइन पोर्टल सार्वजनिक गर्यो

  • कालिका खवर
  • सोमवार, मंसिर १, २०८२
  • काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले बैंकिङ्ग सम्पत्ति, गैर बैंकिङ्ग सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी उपलब्ध गराउने उद्देश्यले एक नयाँ अनलाइन पोर्टल सञ्चालनमा ल्याएको छ।

    बैंकका अनुसार यस पोर्टलमार्फत लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको सम्पूर्ण विवरण—कित्त्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा गुगल म्यापमार्फत स्थान पहिचानसम्म—एकै स्थानबाट हेर्न सकिने सुविधा उपलब्ध गराइएको छ।

    यसका लागि ग्राहकले लिलाम बिक्रीसम्बन्धी बैंकले प्रकाशित सूचनामा उल्लेखित क्युआर कोड स्क्यान गरी सो पोर्टलमा प्रवेश गर्न सक्नेछन्। पोर्टलको लिंक auctionassistance.nicasiabank.com मार्फत पनि सम्पत्ति विवरण सहजै हेर्न सकिने बैंकले जनाएको छ।

    बैंकले पोर्टलमा उपलब्ध म्यासेज बक्समार्फत इच्छुक व्यक्तिले आफ्नो नाम, इमेल, मोबाइल नम्बर र सम्पर्क ठेगाना उल्लेख गरी सोही सम्पत्तिसम्बन्धी थप जानकारीका लागि सन्देश पठाउन सक्ने सुविधा पनि उपलब्ध गराएको छ।

    बैंकले पोर्टलमा नियमित रूपमा बैंकिङ्ग, गैर बैंकिङ्ग तथा धितो सुरक्षणमा रहेका लिलाम सम्पत्तिहरूको जानकारी अद्यावधिक गरिने बताउँदै, इच्छुक ग्राहकले अनलाइन पोर्टलमा गएर सम्पूर्ण विवरण हेरी सहज रूपमा आवश्यक जानकारी प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar