एनआईसी एशिया बैंकका ग्राहकलाई सिपी हस्पिटलमा २० प्रतिशतसम्म छुट

  • कालिका खवर
  • शुक्रबार, भदौ १३, २०८२
  • काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने उद्देश्यले बैंक र धनगढी, कैलालीस्थित सिपी हस्पिटल प्रालिबीच समझदारी सम्पन्न भएको छ ।

    सम्झौता अनुसार, बैंकका ग्राहकहरूले अस्पतालमा उपचारका क्रममा डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । यसअन्तर्गत ओपीडी, प्याथोलोजी, एक्स–रे, युएसजी, एन्डोस्कोपी, कोलोनोंस्कोपी, नर्मल बेड, एचडीयु बेड, आईसीयू, एसी केबिन, सर्जरी, मेडिसिन, सिटि स्क्यान लगायतका सेवामा छुटको व्यवस्था गरिएको छ ।

    ग्राहकहरूले एनआईसी एशिया बैंकको डेबिट, क्रेडिट वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्दा मात्र सो सुविधा प्राप्त गर्न सक्नेछन् ।

    बैंकले यस सहकार्यले ग्राहकलाई स्वास्थ्य उपचारमा सहयोग पुग्नुका साथै डिजिटल भुक्तानी सेवाको प्रवद्र्धन गरी नगदरहित कारोबार संस्कृतिलाई अघि बढाउने विश्वास व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar