एनआईसी एशिया बैंकका ग्राहकका लागि होटल क्राउन इम्पेरियलमा १५ प्रतिशत छुट

  • कालिका खवर
  • बिहिबार, कार्तिक २७, २०८२
  • काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरूले होटल क्राउन इम्पेरियलमा सेवा लिँदा विशेष छुट पाउने भएका छन्। यस सम्बन्धमा बैंक र होटलबीच आपसी सहकार्यको सम्झौता सम्पन्न भएको छ।

    सम्झौता अनुसार, बैंकका ग्राहकहरूले रविभवन, काठमाडौंमा अवस्थित होटल क्राउन इम्पेरियलमा सेवा लिँदा डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

    ग्राहकहरूले होटलका आवास, खाना तथा पेयपदार्थ, स्पा लगायतका सेवाहरूमा छुट सुविधा उपयोग गर्न सक्ने व्यवस्था गरिएको छ। उक्त सुविधा लिनका लागि ग्राहकहरूले बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्नेछ।

    एनआईसी एशिया बैंकले यो सहकार्यबाट ग्राहकहरूलाई छुट सुविधा प्रदान गर्नाका साथै, डिजिटल भुक्तानी प्रवर्द्धन गरी नगदरहित कारोबार संस्कृतिको विकासमा टेवा पुग्ने विश्वास लिएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar