एमएडब्लु वृद्धिद्वारा देशभर चाडपर्व लक्षित ‘मेगा एक्सचेन्ज कार्निभल’ सुरु, पहिलो दिनदेखि उत्साहजनक सहभागिता

  • कालिका खवर
  • आइतवार, अशोज २६, २०८२
  • काठमाडौँ । नेपालको अग्रणी अटोमोबाइल समूह एमएडब्लु वृद्धिले आजदेखि राजधानीको गैरीधारास्थित एलिस रिसेप्सनसहित देशभरका दिपल, नामी र सेरेसका आधिकारिक सोरुमहरूमा चाडपर्व लक्षित मेगा एक्सचेन्ज कार्निभल सुरु गरेको छ। आइतबारसम्म चल्ने यो विशेष मेलाको पहिलो दिनमै ग्राहकहरूको उल्लेखनीय सहभागिता देखिएको छ।

    गैरीधारास्थित कार्यक्रमस्थलमा बिहानैदेखि ईभी पारखीहरू, परिवार र युवा ग्राहकहरूको भीड लागेको थियो। दिपल, अवतार, नामी र सेरेसका नयाँ विद्युतीय सवारी साधन अवलोकन र टेस्ट ड्राइभ गर्न आएका ग्राहकहरूले नवीन मोडलहरूप्रति उच्च रुचि देखाएका छन्।

    कार्यक्रममा रोबोट प्रदर्शन, रेसिङ सिमुलेटर लगायतका प्रविधिमैत्री आकर्षणहरूले वातावरणलाई झनै रमाइलो बनाएका थिए, जहाँ साना बालबालिकादेखि परिवारका सदस्यहरू विभिन्न खेलकुद क्रियाकलापमा रमाइरहेका देखिन्थे।

    यस एक्सचेन्ज मेलामा ग्राहकहरूले आफ्ना पुराना गाडी साटेर नवीनतम इलेक्ट्रिक भेहिकल (ईभी) मा अपग्रेड गर्न सक्ने अवसर पाएका छन्। राजधानीमा चलिरहेको मुख्य कार्यक्रममा सहभागीहरूले दिपल, अवतार, नामी र सेरेस ब्रान्डका प्रमुख मोडलहरू एउटै स्थानमा हेर्न, अनुभव गर्न र टेस्ट ड्राइभ गर्न सक्ने व्यवस्था गरिएको छ।

    त्यसैगरी, मेलामा उपस्थित ग्राहकहरूले नेपालका शीर्ष पाँच रिकन्डिसन हाउसहरूबाट आफ्ना पुराना गाडीहरूको मूल्यांकन गराउन सक्ने सुविधा पाउनेछन्। एक्सचेन्ज गर्ने ग्राहकले नगद छुट र बोनससहित अधिकतम १५ लाख रुपैयाँसम्मको लाभ प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

    मेलामा बुकिङ गर्ने प्रत्येक ग्राहकलाई नगरकोटस्थित प्रिमियम रिसोर्टमा एक जोडीका लागि नाइट स्टे अफर समेत प्रदान गरिएको छ। साथै, सहभागीहरूले पहिलो पटक अल्ट्रा प्रिमियम इलेक्ट्रिक एसयूभी ‘अवतार’ लाई टेस्ट ड्राइभ गर्ने अवसर पनि पाउनेछन्।

    काठमाडौंका साथै देशभरका दिपल, नामी र सेरेसका शोरूमहरूमा पनि समानान्तर रूपमा यो एक्सचेन्ज कार्निभल सञ्चालन भइरहेको छ, जहाँ ग्राहकहरूले नगद छुट, एक्सचेन्ज सुविधा र विशेष अफरहरू प्राप्त गर्न सक्नेछन्।

    कम्पनीका अनुसार, यस एक्सचेन्ज मेलाको उद्देश्य नेपाली उपभोक्तालाई विद्युतीय सवारीमा अपग्रेड हुन प्रोत्साहित गर्नु र एकै स्थानमा सुविधा, मूल्यांकन र अफरको एकीकृत अनुभव उपलब्ध गराउनु हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar