एमालेले बनायो चुनाव परिचालन कमिटी र घोषणापत्र समिति

  • कालिका खवर
  • मङ्लबार, पुस २२, २०८२
  • काठमाडौं । नेकपा (एमाले) ले निर्वाचन परिचालन कमिटी गठन गरेको छ ।

    आज बसेको सचिवालय बैठकले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा कमिटी गठन गरेको हो ।

    कमिटीमा विष्णु रिमाल, छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल र भिष्म अधिकारी सदस्य रहेका छन्। बैठकले अध्यक्ष केपी ओलीकै नेतृत्वमा घोषणा पत्र समिति गठन समेत गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar