एमाले वरिष्ठ नेता बनेपछि विद्या भण्डारी पहिलो पटक पार्टीको कार्यक्रममा

  • कालिका खवर
  • मङ्लबार, अशोज १३, २०८३
  • रूपन्देही । पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारी पार्टीको औपचारिक जिम्मेवारीमा फर्किएपछि पहिलोपटक एमालेको कार्यक्रममा सहभागी भएकी छन् ।

    एमाले रूपन्देहीले बुटवल उपमहानगरपालिका–१० सुख्खानगरस्थित जिल्ला पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा भण्डारी सहभागी भएकी हुन् । उनी सोमबार रूपन्देही पुगेकी थिइन् ।

    कार्यक्रममा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्मासहित केन्द्रीय सदस्य भूमिश्वर ढकाल, गिरधारीलाल न्यौपाने, लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल तथा नेता लिला गिरीलगायत सहभागी छन् ।

    पार्टीको केन्द्रीय कमिटीले असोज ८ गते भण्डारीलाई वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय अनुमोदन गरेको थियो । त्यसअघि उनी एमालेको सक्रिय राजनीतिमा फर्किने विषय लामो समयदेखि चर्चामा रहँदै आएको थियो।

    भण्डारी यसअघि पनि एमालेका विभिन्न कार्यक्रममा सहभागी हुँदै आएकी थिइन्। गत जेठमा मदन–आश्रित स्मृति दिवसका अवसरमा एमालेले उनलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरेको थियो। त्यसबेला पार्टी सदस्यता नवीकरणको विषय विवादमा रहे पनि उनलाई औपचारिक कार्यक्रममा प्रमुख अतिथि बनाइएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar