एमाले महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु

  • कालिका खवर
  • बुधबार, पुस २, २०८२
  • काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्यासी केपी शर्मा ओली र इश्वर पोखरेलले पहिलो मतदान गर्दै मतदान प्रक्रिया सुरु भएको हो । बिहान ८ बजेदेखि सुरु हुने भनिएको मतदान डेढ घण्टा ढिलो गरी सुरु भएको हो । मतदानका लागि नेता कार्यकर्ताको लामो लाइन लागेको छ । यसअघि मङ्गलवार नै मतदान गर्ने कार्यतालिका रहे पनि  प्राविधिक समस्याका कारण आज मात्र मतदान भएको हो । मङ्गलवार साँझ मतदाताहरू मतदान हुने आशामा लाइनमै बसे पनि राति ८ बजे भोलि मतदान हुने भन्दै फर्काइएको थियो । देशभरबाट आएका २ हजार २६३ जना प्रतिनिधिले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका पदहरूका लागि मत हाल्नेछन् । अध्यक्ष पदमा वर्तमान अध्यक्ष  ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबिच प्रतिस्पर्धा हुनेछ । दुवै पक्षले आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएकाले मतदान स्थल वरपर समर्थकहरूको नारा र भोट माग्ने क्रियाकलापले चुनावी माहौल तातेको छ । मतदान सकिएलगत्तै मतगणना सुरु हुने र परिणाम छिट्टै सार्वजनिक हुने पार्टी बताइएको छ । महाधिवेशनले पार्टीको सङ्गठन सुदृढीकरण र भावी रणनीतिलाई केन्द्रमा राखेर नयाँ नेतृत्व चयन गर्दैछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar