एक घण्टामा दुई प्रदेश सभापति र चार केन्द्रीय सदस्यले राखे धारणा

  • कालिका खवर
  • बिहिबार, कार्तिक १३, २०८२
  • काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा दुई प्रदेश सभापति र चार केन्द्रीय सदस्यले धारणा राखेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेबाट सुरु बैठकमा तीन बजेसम्म ५ सदस्यले धारणा राखेका हुन् । बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसिरहेको छ ।

    बैठकमा बागमती प्रदेश सभापति इन्द्र बानियाँ र लुम्बिनी प्रदेश सभापति अम्मर पुनले धारणा राखेका छन् । त्यस्तै केन्द्रीय सदस्यहरू विद्या तिमिल्सिना, लक्ष्मी खतिवडा, मानबहादुर नेपाली र जाबेदा खातुन जागाले धारणा राखेका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

    बानियाँ बागमती प्रदेशका मुख्यमन्त्रीसमेत हुन् । बैठकमा आफ्नो समूहको लाइन अनुसारको धारणा आइरहेको ती सदस्यले बताए । लुम्बिनी प्रदेश सभापति महामन्त्री गगन थापा निकट हुन् । बाँकी धारणा राख्ने संस्थापन पक्षीय नेताहरू हुन् । कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन गर्ने भन्नेमा विवाद छ । नियमित महाधिवेशनको पनि मितिमा विवाद छ ।

    संस्थापनले नियमित महाधिवेशन आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनपछि गर्नुपर्ने बताइरहेको रहेको छ । इतर समूहले नियमित महाधिवेशन मंसिरमा गर्नुपर्ने बताइरहेको छ । एउटा समूहले महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर सङ्कलन गरेर विशेष महाधिवेशन गर्न भनेर कार्यवाहक सभापति खड्कालाई बुझाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar