दुई संसदीय समितिको बैठक बस्दै

  • कालिका खवर
  • मङ्लबार, भदौ १७, २०८२
  • काठमाडौं। आज संघीय संसदअन्तर्गत आज दुई समितिको बैठक बस्दैछ ।

    मंगलबार प्रतिनिधि सभाअन्तर्गत राज्य व्यवस्था तथा सुशासन समिति र राष्ट्रिय सभाअन्तर्गत विधायन व्यवस्थापन समिति गरी दुई समितिको बैठक बस्न लागेको हो ।

    आज बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको हालसम्मको कामकारबाहीको समीक्षा गर्ने कार्यसूची रहेको छ भने बैठक दिनको २ बजे बस्ने तय भएको छ । साथै, विधायन व्यवस्थापन समितिको बैठकमा सङ्घीय निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदनमा छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ९ बजे बस्ने तय भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar