दिल्ली उच्च अदालतमा बम राखिएको सूचना आएपछि भागाभाग

  • कालिका खवर
  • शुक्रबार, भदौ २७, २०८२
  • नयाँ दिल्ली : बम राखिएको सूचना आएपछि दिल्ली उच्च अदालतमा भागाभाग भएको छ । धम्की आउने बित्तिकै न्यायाधीशहरूले केही समयको लागि अदालतको कारबाही रोकेका थिए । धम्कीपूर्ण मेल आउने बित्तिकै दिल्ली प्रहरीले कारबाही गर्दै अदालत खाली गरेको समाचारमा उल्लेख छ । मेल कसले पठाएको हो भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन ।

    सो धम्कीपूर्ण मेल हाई कोर्टका रजिस्ट्रार जनरल अरुण भारद्वाजको मेलामा आएको थियो । सुरक्षा एजेन्सीले हाई कोर्टको पुरानो भवनका कर्मचारीलाई तुरुन्तै भवनबाहिर आउन भनेका थिए । सुरक्षा निकायले अदालतभित्र जाँच गरिरहेको र अदालती काम कारबाही साढे २ बजे मात्रै पुनः सुचारु हुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar