धवलशमशेरको पार्टीको चुनाव चिन्ह त्रिभुज

  • कालिका खवर
  • शुक्रबार, साउन २९, २०८३
  • काठमाडौं । धवलशमशेर राणाले आफ्नो नेतृत्वमा जय नेपाल पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

    बिहीबार राणासहितका नेताहरु आयोग पुगेर दल दर्ताका लागि निवदेन दिएका हुन् । ७९ सदस्यीय केन्द्रीय समिति रहने गरी आफ्नो नेतृत्वको दल दर्ताका लागि निवेदन दिएको राणाले बताए ।

    उक्त दलको दलको चुनाव चिन्ह त्रिभुज राखिएको छ भने झण्डामा सेतो रंगमा त्रिभुज चिन्ह राखिने बताइएको छ । दल दर्ताको निवेदन दिएपछि राणाले दुर्गा प्रसाईसंगको एकता नटुटेको र छलफल निरन्तर जारी रहेको स्पष्ट पारे ।

    आन्तरिक रुपमा छलफल भएपछि नयाँ सहमति गरेर एकताबद्ध हुने समझदारी बनेको उनको भनाइ छ । आवश्यक कागजात तथा नामहरू मिलाउन समय नपुगेका कारण संयुक्त रुपमा पार्टी दर्ता नसकिएको उनको भनाइ छ ।

    उनले दल दर्ताको मिति लामो समयअगाडि नै तय भइसकेकाले बाध्यताका कारण निर्धारित कार्यक्रम अघि बढाइएको जनाए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar