धरानमा सार्वजनिक भयो टिभिएस एनटर्क १५०, मूल्य ३ लाख ६९ हजार ९००

  • कालिका खवर
  • सोमवार, अशोज १९, २०८३
  • काठमाडौं । नेपालका लागि टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले धरानमा टिभिएस एनटर्क १५० सार्वजनिक गरेको छ। चर्चित गायक बिपुल क्षेत्रीको कन्सर्टबीच सार्वजनिक गरिएको नयाँ स्कुटरलाई कम्पनीले नेपालको पहिलो १५० सीसी हाइपर स्पोर्ट स्कुटरका रूपमा प्रस्तुत गरेको छ। कार्यक्रममा टिभिएसका ग्राहक, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, डिलर तथा अतिथिहरूको सहभागिता थियो।

    एनटर्क १५० को औपचारिक अनावरण गायक बिपुल क्षेत्री, पारस अटोमोबाइल–टिभिएस इटहरीका म्यानेजिङ डाइरेक्टर पौरख लुइँटेल र जगदम्बा मोटर्सकी सिनियर मार्केटिङ म्यानेजर करुणा पुडासैनीले संयुक्त रूपमा गरेका थिए। सार्वजनिक कार्यक्रममा कम्पनीले एनटर्क १५० लाई पर्फर्मेन्स, प्रविधि र स्पोर्टी डिजाइनको संयोजनका रूपमा प्रस्तुत गरेको थियो।

    एनटर्क १५० मा १४९.७ सीसी एयर–कुल्ड इन्जिन रहेको छ। कम्पनीका अनुसार यसले ७ हजार आरपीएममा १३.२ पीएस पावर र ५ हजार ५०० आरपीएममा १४.२ एनएम टर्क उत्पादन गर्छ। स्कुटरले शून्यदेखि ६० किलोमिटर प्रतिघण्टाको गति ६.३ सेकेन्डमा हासिल गर्ने र अधिकतम गति १०४ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दाबी छ।

    स्टेल्थ एयरक्राफ्टबाट प्रेरित डिजाइनमा तयार गरिएको एनटर्क १५० मा मल्टिपोइन्ट प्रोजेक्टर हेडल्यम्प, एरोडाइनामिक विङलेट्स, जेट–इन्स्पायर्ड भेन्ट्स, कलर्ड अलोय ह्विल्स, नेकेड मोटरसाइकल शैलीको ह्यान्डलबार र टी–सेप्ड टेल ल्याम्प राखिएको छ। यसले स्कुटरलाई आक्रामक तथा स्पोर्टी लुक प्रदान गर्ने कम्पनीको भनाइ छ।

    स्कुटरमा टिभिएस स्मार्टएक्सोनेक्ट प्रविधिमार्फत ५० भन्दा बढी कनेक्टेड फिचर उपलब्ध छन्। टर्न–बाइ–टर्न नेभिगेसन, लास्ट पार्क्ड लोकेसन, कल तथा मेसेज नोटिफिकेसन र विभिन्न राइडिङ मोड यसका प्रमुख स्मार्ट फिचर हुन्। सुरक्षातर्फ सिङ्गल–च्यानल एबीएस, ट्र्याक्सन कन्ट्रोल, हाजार्ड ल्याम्प, फलो–मी हेडल्यम्प, टेलिस्कोपिक सस्पेन्सन र एडजस्टेबल ब्रेक लेभर्स दिइएको छ।

    एनटर्क १५० मा ई–जेड सेन्टर स्ट्यान्ड र २२ लिटर क्षमताको अन्डर–सिट स्टोरेज पनि उपलब्ध छ। जगदम्बा मोटर्सकी सिनियर मार्केटिङ म्यानेजर करुणा पुडासैनीले एनटर्क १५० मार्फत कम्पनीले एनटर्कको पर्फर्मेन्स, प्रविधि र डिजाइनमा आधारित पहिचानलाई थप अगाडि बढाउन खोजेको बताइन्। उनका अनुसार धरानमा बिपुल क्षेत्रीको कन्सर्टबीच स्कुटर सार्वजनिक गर्दा संगीत, युवा संस्कृति र हाइपर पर्फर्मेन्सलाई एउटै मञ्चमा जोड्ने अवसर मिलेको हो।

    एनटर्क १५० स्टेल्थ सिल्भर, रेसिङ रेड र टर्बो ब्लु गरी तीन रंगमा उपलब्ध छ। यसको इन्ट्रोडक्टरी मूल्य रु. ३ लाख ६९ हजार ९०० तोकिएको छ। कम्पनीका अनुसार स्कुटर नेपालभर रहेका जगदम्बा मोटर्सका अधिकृत डिलरमार्फत उपलब्ध हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar