धनगढीमा टाटा मोटर्सको नयाँ शोरूम उद्घाटन, सुदूरपश्चिममै सेवा विस्तार

  • कालिका खवर
  • मङ्लबार, भदौ १७, २०८२
  • काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले धनगढीस्थित बोराडाँडीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम प्रदेशका लागि आधिकारिक डिलरका रूपमा जीएआरएस ट्रेडिङ कन्सर्नलाई चयन गर्दै मंगलबार नयाँ शोरूमको औपचारिक उद्घाटन गरिएको हो ।

    सिप्रदी ट्रेडिङ प्रालिका सिनियर डिलर म्यानेजर मेघ राज ढुंगेल र जीएआरएस ट्रेडिङ कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेले संयुक्त रूपमा शोरूम उद्घाटन गरेका थिए । कार्यक्रममा स्थानीय समुदाय, व्यवसायी, तथा ग्राहकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

    नयाँ शोरूममार्फत सुदूरपश्चिमका ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू — टाटा टियागो.ईभी, पञ्च.ईभी, नेक्सनके३.ईभी र कर्भ.ईभी सजिलै खरिद गर्न सक्नेछन् । त्यस्तै, आईसीई मोडल अन्तर्गत टियागो, पञ्च, नेक्सन र सफारी पनि उपलब्ध हुनेछन् ।

    ग्राहकलाई गाडी बिक्री मात्र नभई आकर्षक फाइनान्स सुविधा, सहज बीमा योजना, गुणस्तरीय सर्भिसिङ, भरपर्दो आफ्टर–सेल्स सेवा र ब्याट्री डायग्नोस्टिक रेस्टोरेसन फेसीलिटी उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

    कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक अशोक पाण्डेले सुदूरपश्चिमका ग्राहकलाई टाटा मोटर्सका नवीनतम मोडल नजिकबाट अनुभव गर्ने अवसर दिन पाउँदा गर्व महसुस गरेको बताए । त्यस्तै, मेघ राज ढुंगेलले धनगढी शोरूम उद्घाटनले टाटा मोटर्सको सेवा सुदूरपश्चिमसम्म विस्तार भएको उल्लेख गर्दै ग्राहकलाई अझ नजिकबाट सेवा दिन उत्साहित रहेको बताए ।

    सोही कार्यक्रममा शोरूममार्फत टाटा गाडी बुक गरेका ग्राहकलाई गाडी हस्तान्तरण समेत गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar