धनगढीमा भेस्पा र अप्रिलियाको नयाँ शोरुम सञ्चालन

  • कालिका खवर
  • सोमवार, अशोज १२, २०८३
  • काठमाडौँ। नेपालका लागि भेस्पा तथा अप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा.लि.ले धनगढीमा नयाँ शोरुम विस्तार गरेको छ। भेस्पा र अप्रिलियाप्रति युवापुस्ताको बढ्दो आकर्षण तथा ग्राहकलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।

    असोज ९ गते विशेष कार्यक्रमबीच धनगढी उपमहानगरपालिका–४ स्थित वेस्टर्न म्याक नेपाल प्रा.लि.मा नयाँ शोरुमको उद्घाटन गरिएको हो।

    उद्घाटन समारोहमा डेल्टा अटोकर्प प्रा.लि.का निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले युवापुस्तामाझ लोकप्रिय भेस्पा र अप्रिलियालाई देशभर सहज रूपमा उपलब्ध गराउने कम्पनीको योजनाअनुसार धनगढीमा शोरुम विस्तार गरिएको बताए।

    “युवापुस्ताको पहिलो रोजाइमा पर्ने स्कुटर भेस्पा र अप्रिलियालाई देशैभर सहज उपलब्ध गराउने हाम्रो योजना अनुरूप आज धनगढीमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं,” महतोले भने, “यस शोरुमबाट अबका दिनमा अन्य शोरुमबाट झैं सेवा तथा सुविधा प्रदान गर्नेछौं। ग्राहकवर्गको इच्छा र अपेक्षा पूरा गर्नु नै हाम्रो लक्ष्य हो र सोहीअनुरूप सेवा तथा सुविधा विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौं।”

    कम्पनीका अनुसार डेल्टा अटोकर्पले देशभर शोरुम तथा आधिकारिक सर्भिस सेन्टरको सुविधा विस्तार गर्दै आएको छ। धनगढीस्थित नयाँ शोरुमबाट भेस्पा तथा अप्रिलियाका विभिन्न मोडल र कलर ग्राहकले आफ्नो रोजाइअनुसार खरिद गर्न सक्नेछन्।

    शोरुममा हालै नेपालमा सार्वजनिक गरिएको अप्रिलिया एसआर १७५ समेत उपलब्ध हुनेछ। १७५ सीसी क्षमताको उक्त स्कुटरलाई कम्पनीले शक्तिशाली, स्टाइलिस तथा उत्कृष्ट प्रदर्शनका लागि लक्षित मोडलका रूपमा प्रस्तुत गरेको छ।

    त्यस्तै, भेस्पाका नयाँ कलर विकल्पमा आकर्षक ‘लाइल्याक’ र ‘ओरो गोल्डेन’ पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ। ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार विभिन्न मोडल तथा कलर छनोट गरी स्कुटर खरिद गर्न सक्नेछन्।

    धनगढीमा नयाँ शोरुम सञ्चालनमा आएसँगै सुदूरपश्चिम क्षेत्रका ग्राहकलाई भेस्पा तथा अप्रिलियाका स्कुटर खरिद तथा आधिकारिक सेवा लिन थप सहज हुने कम्पनीको विश्वास छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar