ड्युटीमा अचेत भेटिएका प्रहरी हवल्दार थापाको मृत्यु

  • कालिका खवर
  • मङ्लबार, कार्तिक ११, २०८२
  • काठमाडौँ : पोखरामा सुरक्षामा खटिएका एक प्रहरी हवल्दारको मृत्यु भएको छ । विशेष सुरक्षा योजनाअनुसार खटिएका प्रहरी हवल्दार ओमकुमार थापा पोखरा-१३ गौंडाकोमुखस्थित अचेत अवस्थामा भेटिएका थिए । ड्युटीमा अचेत अवस्थामा भेटिएका उनलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो ।

    अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेको कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । नवलपुर विनय त्रिवेणी गाउँपालिका- ६ शिवपुरगढी घर भएका उनी जिल्ला अदातल समन्वय तथा सुरक्षा प्रहरी इकाइ कास्की दरबन्दी भएर हाल सीआरभी भद्रकालीमा कार्यरत थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar