चितवनको सिडिओ गणेश अर्यालले गरे बीरगञ्जको प्रख्यात शक्तिपीठ गवामाईको दर्शन

  • कालिका खवर
  • बिहिबार, कार्तिक २७, २०८२
  • बीरगंज। बीरगंजको प्रख्यात शक्तिपीठ माता गहवामाईको दर्शन गर्दै मात्र जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश अर्यालले कार्यक्रममा सहभागिता जनाउनुभयो। उहाँ आज एक विशेष कार्यक्रममा सहभागी हुन बीरगंज आइपुग्नुभएको थियो।

    गहवामाई मन्दिरमा विधिपूर्वक पूजा अर्चना गरी दर्शन गरेपछि मात्रै अर्याल कार्यक्रममा सहभागी हुनुभएको हो। बीरगंजमा सीडीओ रहँदा पनि उहाँले सधैं गहवामाईप्रति गहिरो आस्था र श्रद्धा राख्दै प्रत्येक कार्यक्रममा सहभागी हुनुअघि मन्दिरको दर्शन गर्ने परम्परा कायम गर्नुभएको थियो।

    चितवनका सीडीओका रूपमा कार्यरत अर्यालले पर्सा जिल्लामा कार्यरत रहँदाका आफ्ना समयलाई सम्झँदै भन्नुभयो, “पर्साका जनप्रतिनिधि, कर्मचारी र स्थानीय नागरिकहरूको सहकार्यका कारण मैले सेवा प्रवाहमा सहजता महसुस गरेको थिएँ। यहाँका मानिसहरू मेहनती र आत्मीय छन्।”

    उहाँले हाल चितवनमा पनि प्रशासनिक सुधार, जनसेवामा पारदर्शिता र कानूनको निष्पक्ष कार्यान्वयनका माध्यमबाट सकारात्मक परिवर्तन ल्याइरहनुभएको छ।

    गहवामाई मन्दिरको दर्शनपछि अर्याल सहभागी हुनुभएको बिहेको कार्यक्रम पनि धार्मिक र सामाजिक सद्भावपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

    गणेश अर्याल जस्ता इमानदार, जनमुखी र धर्मप्रेमी प्रशासकको कार्यशैलीले प्रशासन र जनताको बीचको सम्बन्ध अझ सुदृढ बनाउँदै ल्याएको स्थानीयहरू बताउँछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : Kalika Khabar