ट्राभल्स व्यवसायी श्रेषु आचार्यद्वारा ‘कोसिस लाइफ स्टाइल’ शोरुम सञ्चालन, धुम्बाराहीमा महिलामुखी फेसन गन्तव्य सुरु

  • कालिका खवर
  • शनिबार, साउन ९, २०८३
  • काठमाडौं। ट्राभल्स क्षेत्रमा सफल उद्यमीका रूपमा परिचित श्रेषु आचार्यले आफ्नो व्यावसायिक यात्रा फेसन तथा लाइफस्टाइल क्षेत्रमा विस्तार गर्दै काठमाडौंको धुम्बाराहीमा महिलामुखी फेसन तथा लाइफस्टाइल शोरुम ‘कोसिस लाइफ स्टाइल’ (Kosis Life Style) सञ्चालनमा ल्याएकी छन्।

    धुम्बाराहीस्थित मर्क्योर होटलको छेउमा तथा सुकेधाराबाट पीपलबोटतर्फ करिब १०० मिटरको दूरीमा रहेको शोरुमको औपचारिक उद्घाटन समारोहमा ग्राहक, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

    उद्घाटनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उद्यमी आचार्यले व्यवसायको पहिलो दिन नै अपेक्षाभन्दा बढी साथ र माया पाएको बताइन्। उनले भनिन्, “आज मेरो व्यवसाय औपचारिक रूपमा सुरु भयो। सोचेभन्दा धेरै भिडभाड भयो। मेरो एउटा सानो सन्देशमै यति धेरै शुभेच्छुक उपस्थित हुनुभयो। सबैको माया, विश्वास र साथले म निकै उत्साहित र खुसी छु।”

    ‘Elegance, Luxury, Style & You’ भन्ने अवधारणासहित सञ्चालनमा आएको कोसिस लाइफ स्टाइल मा महिलाहरूका लागि उच्चस्तरीय पहिरन, ब्रान्डेड झोला, सनग्लास, परफ्युम, जुत्ता तथा विभिन्न आकर्षक फेसन एसेसरिज उपलब्ध छन्।

    आचार्यले आफ्नो सफलताको श्रेय व्यक्तिगत प्रयासभन्दा पनि ग्राहक, परिवार, शुभेच्छुक तथा सहकर्मीहरूको निरन्तर साथलाई दिइन्। उनले भनिन्, “मेरो व्यावसायिक यात्रामा साथ दिनुहुने ग्राहक, शुभचिन्तक, परिवार तथा सधैं हौसला र प्रेरणा दिने मेरी सहकर्मी मुकिताजीप्रति म विशेष आभारी छु। उहाँहरूको सहयोगबिना यो सफलता सम्भव हुने थिएन।”

    गुणस्तरीय फेसन सामग्रीलाई सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालनमा आएको कोसिस लाइफ स्टाइल नेपाली फेसन बजारमा महिलाहरूका लागि नयाँ रोजाइ बन्ने विश्वास गरिएको छ। उद्घाटनकै दिन ग्राहकहरूको उल्लेख्य आकर्षण देखिएको आयोजकले जनाएको छ, जसले शोरुमप्रतिको उत्साह र विश्वासलाई थप मजबुत बनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar