चावहिल–बौद्धमा ट्रायम्फको नयाँ शोरुम, एकै हप्तामा चारवटा ‘३एस’ शोरुम विस्तार

  • कालिका खवर
  • सोमवार, अशोज ५, २०८३
  • काठमाडौं । विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले नेपालमा आफ्नो बिक्री तथा बिक्रीपछिको सेवा सञ्जाल विस्तार गर्दै काठमाडौंको चावहिल–बौद्धमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। नयाँ शोरुम सञ्चालनसँगै चावहिल, बौद्ध तथा आसपासका क्षेत्रका ग्राहकलाई ट्रायम्फका मोटरसाइकल, आधिकारिक सर्भिस र स्पेयर पार्ट्सको सुविधा थप सहज भएको कम्पनीले जनाएको छ।

    चावहिल–बौद्ध सडकमा रहेको नयाँ शोरुम जेन्स पाल गियर्सले सञ्चालनमा ल्याएको हो। पूर्ण ‘३एस’ अर्थात् सेल्स, सर्भिस र स्पेयर पार्ट्स सुविधासहितको शोरुममा ग्राहकले ट्रायम्फका मोटरसाइकल खरिदका साथै दक्ष प्राविधिकबाट आधिकारिक सर्भिसिङ र ओरिजिनल स्पेयर पार्ट्सको सुविधा प्राप्त गर्न सक्नेछन्।

    नयाँ शोरुम सञ्चालनसँगै काठमाडौं उपत्यकाका ग्राहकलाई बिक्रीपछिको सेवा तथा मर्मतका लागि टाढा जानुपर्ने बाध्यता कम हुने कम्पनीको अपेक्षा छ।

    ट्रायम्फ नेपालका लागि चावहिल–बौद्ध शोरुमको उद्घाटनसँगै एकै हप्तामा देशभर चारवटा नयाँ ३एस शोरुम सञ्चालनमा आएका छन्। कम्पनीका अनुसार सोही अवधिमा ट्रायम्फ धनगढी, ट्रायम्फ दाङ, ट्रायम्फ हेटौंडा र ट्रायम्फ चावहिल–बौद्धमा नयाँ शोरुम विस्तार गरिएको हो।

    नेपालको मिड–प्रिमियम मोटरसाइकल बजारमा एकै हप्तामा चारवटा पूर्ण सुविधासम्पन्न शोरुम सञ्चालनमा ल्याउनु ट्रायम्फ नेपालको नेटवर्क विस्तारको महत्वपूर्ण चरण भएको कम्पनीले जनाएको छ। धनगढी, दाङ, हेटौंडा र काठमाडौंमा गरिएको विस्तारले सुदूरपश्चिमदेखि लुम्बिनी, मुख्य राजमार्ग क्षेत्र हुँदै काठमाडौं उपत्यकासम्म ट्रायम्फको सेवा पहुँच विस्तार गरेको छ।

    ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले काठमाडौं उपत्यकाका राइडरका लागि चावहिल–बौद्ध शोरुम महत्वपूर्ण थप भएको बताए। उनका अनुसार एकै हप्तामा चारवटा पूर्ण ३एस शोरुम थपिनुले देशभर ट्रायम्फको ग्राहक तथा राइडर समुदाय विस्तार भइरहेको देखाउँछ। जहाँ विस्तार भए पनि ग्राहकले एउटै स्थानबाट मोटरसाइकल, व्यावसायिक सेवा र ओरिजिनल स्पेयर पार्ट्स पाउन सक्ने व्यवस्था गर्नु कम्पनीको प्राथमिकता रहेको उनले बताए।

    त्यस्तै, जेन्स पाल गियर्स, ट्रायम्फ चावहिल–बौद्धका रोहन शाहीले नयाँ शोरुमले उपत्यकाको यस क्षेत्रका राइडरलाई ट्रायम्फको सेवा लिन सहज बनाउने बताए। सेल्स, सर्भिस र ओरिजिनल स्पेयर पार्ट्समा भरपर्दो सेवा उपलब्ध गराउनुका साथै मोटरसाइकलप्रेमीबीच भेटघाट र सहकार्यको थलो बनाउने उद्देश्य रहेको उनले बताए।

    चारवटै नयाँ शोरुम ३एस अवधारणामा सञ्चालनमा ल्याइएकाले ट्रायम्फले बिक्रीसँगै आधिकारिक मर्मत सेवा र ओरिजिनल स्पेयर पार्ट्सको उपलब्धतालाई पनि विस्तार गरेको जनाएको छ। कम्पनीका अनुसार पछिल्लो विस्तारले नेपालमा ट्रायम्फको ग्राहक सेवा तथा डिलर नेटवर्कलाई थप व्यवस्थित बनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar