चाडपर्व लक्षित बजाज एक्सचेन्ज योजना : उच्च मूल्याङ्कन, आकर्षक छुट र अन–द–स्पट फाइनान्स सुविधा

  • कालिका खवर
  • शनिबार, अशोज ४, २०८२
  • काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै बजाजले नयाँ एक्सचेन्ज योजना सार्वजनिक गरेको छ । यस योजनामा ग्राहकले २२ भन्दा बढी भ्यालुएटरबाट आफ्नो पुरानो सवारीसाधनको उच्चतम मूल्याङ्कन प्राप्त गर्न सक्नेछन् । साथै, अतिरिक्त रु. १०,००० सम्मको मूल्याङ्कन, आकर्षक नगद छुट, फ्री एक्सेसरीज र अन–द–स्पट फाइनान्स सुविधा पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
    सहभागीले दैनिक लक्की ड्रमार्फत रु. ५०,००० सम्म जित्ने अवसर पाउनेछन् । त्यस्तै, ‘चेतक एक्सपिरियन्स जोन’ मार्फत बजाजको नयाँ इलेक्ट्रिक स्कुटर चेतकको अनुभव लिन सकिनेछ । जुनसुकै कम्पनीका पुराना बाइक वा स्कुटर ल्याई तत्काल नयाँ बजाज बाइक खरिद गर्न सकिने व्यवस्था मिलाइएको छ ।
    यस योजनाअनुसार अब नागरिकताको आधारमै फाइनान्स गर्न सकिने भएकाले घरजग्गाको लालपुर्जा, बिजुली वा पानीको बिल, आयस्रोतको प्रमाणपत्रजस्ता अतिरिक्त कागजात आवश्यक नपर्ने भएको छ । शून्य सर्भिस चार्ज र सरल किस्ताबन्दीमा ग्राहकले सहजै मोटरसाइकल प्राप्त गर्न सक्नेछन् ।

    यसअघि नै बजाजले दसैँ–तिहारलाई लक्षित गर्दै ‘बजाज प्रिमियर लिग (बिपिएल)’ सार्वजनिक गरिसकेको छ, जसअन्तर्गत ग्राहकले बढी रन बनाएअनुसार पुरस्कार प्राप्त गर्नेछन् । सातै प्रदेशका हरेक हप्ताका विजेताले रु. ५०,००० नगद, हप्ताको उत्कृष्ट खेलाडी बन्ने ग्राहकलाई रु. १ लाख नगद र चर्चित क्रिकेटरसँग भेट्ने अवसर पाउने व्यवस्था गरिएको छ ।
    हंसराज हुलासचन्द एण्ड कम्पनीले चाडपर्वको अवसरमा ग्राहकलाई सुलभ, सहज र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यले यस्ता एक्सचेन्ज कार्यक्रम निरन्तर सञ्चालन गर्दै आएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar