बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवालाई ३ वर्ष जेल सजाय

  • कालिका खवर
  • शुक्रबार, मंसिर २६, २०८२
  • काठमाडौं । अष्ट्रेलियाको क्यानबेरामा रहेको एसीटी सुप्रिम कोर्टले युवतीमाथि बलात्कार गरेको अभियोगमा एक नेपाली युवालाई ३ वर्षको जेल सजाय सुनाएको छ । अदालतले ३१ वर्षीय अभिषेक तिमल्सिनालाई बलात्कारको दुई अभियोग र सहमति बिना चार अश्लील कार्यको दोषी ठहर गर्दै ३ वर्षको जेल सजाय सुनाएको अष्ट्रेलियाली समाचार संस्था एबीसी न्यूजले उल्लेख गरेको छ ।

    युवकले क्यानेबेरामा रहेको एक मलमा आफू काम गर्ने आर्ट पसलमा ग्राहकलाई बलात्कार गरेको अभियोगमा दुई पटक मुद्दा चलाएको थियो। समाचारका अनुसार, यो घटना नोभेम्बर २०२२ मा वेस्टफिल्ड बेलकन्ननको आर्ट पसलमा भएको थियो। ग्राहक सामान किन्न आएकी थिइन्। तिमल्सिनाले पसलको सटर लगाए, महिलालाई कामको सर्ट लगाउन लगाए, उनको फोटो खिचे र सहमति बिनै चुम्बन गरे।

    त्यसपछि उनले महिलालाई पछाडिको कोठामा लगे जहाँ महिलाले ‘असफल प्रतिरोध’ गरे पनि उनले दुई पटक बलात्कार र धेरै पटक अश्लील दुव्र्यवहार गरे। यता, एटीसी सर्वोच्चका न्यायाधीश भेरिटी म्याकविलियमले तिमल्सिनाले युवतीमाथि बलात्कार गर्ने योजनाबद्ध रूपमा वातावरण बनाएको बताए। उनले पसलको रोलर ढोका बन्द गरेको, ‘स्वतःस्फूर्त’ फोटो खिच्न सुरु गरेको र महिलालाई आफ्नो शर्ट फेर्न आग्रह गरेको उल्लेख गरेको फैसलामा उल्लेख गरेको छ ।

    ‘पीडित पसलमा बन्द थिइन्, जसले गर्दा उनीमाथि जोखिम बढ्यो,’ न्यायाधीशले फैसलामा लेखेका छन् । तिमल्सिना नेपालमा हुर्किएका हुन् । उनी १२ महिनाभन्दा बढी जेल परेमा निर्वासनको जोखिममा पर्ने छन् । समाचार अनुसार, यो मुद्दा सकारात्मक सहमति कानून (एसीटी) अन्तर्गत पहिलो परीक्षण हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar