भोटेकोशी बाढीपीडितका लागि यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा साढे ३ करोडभन्दा बढी सहयोग

  • कालिका खवर
  • बिहिबार, भदौ २५, २०८३
  • काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले यशोदा फुड्स प्रा.लि. र श्रीराम टोबाकोले नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

    उक्त रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्।

    कम्पनीका अनुसार बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ लगायतका अति प्रभावित क्षेत्रमा समेत प्रत्यक्ष राहत सहयोग गरिएको छ। प्रभावित नागरिकलाई राखिएका आश्रयस्थल तथा अन्य स्थानमा अत्यावश्यक राहत सामग्रीका रूपमा ३० लाख रुपैयाँ बराबरको ‘करेन्ट’ चाउचाउ पठाएर सम्बन्धित निकाय तथा प्रभावित नागरिकलाई वितरण गरिएको कम्पनीले जनाएको छ।

    बाढी प्रभावित क्षेत्रमा आवश्यक परे थप चाउचाउ तथा अन्य राहत सामग्री उपलब्ध गराउन कम्पनी तयार रहेको बताइएको छ।

    यशोदा ग्रुप इण्डस्ट्रिज प्रा.लि.ले विपद्को यस घडीमा प्रभावित नागरिकका लागि आवश्यक पर्ने अन्य जुनसुकै प्रकारको सहयोग गर्न पनि आफू पूर्ण रूपमा तयार र प्रतिबद्ध रहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar