भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १३५५ पुग्यो

  • कालिका खवर
  • सोमवार, भदौ २२, २०८३
  • काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर ज्यान गुमाउनेको संख्या १३ सय नाघेको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले पछिल्लो तथ्यांक अनुसार मृत्यु हुनेको सख्ंया १३५५ पुगेको जानकारी दिएको हो ।

    प्राधिकरणकाअनुसार बाढीमा परी निधन भएकामध्ये सबैभन्दा बढी शव चितवन जिल्लामा फेला परेका छन्। जहाँ ३ सय ६३ जनाको शव फेला परेको छ। यस्तै, नवलपरासी पूर्वमा २ सय २२, नवलपरासी पश्चिममा २ सय २१, नुवाकोटमा १ सय ९७, रसुवामा १ सय ६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ। फेला परेका शवहरूमध्ये हालसम्म ९८ जनाको मात्र सनाखत भई आफन्तलाई बुझाइएको छ।

    बाढीमा परेर अझै ४ हजार ९ सय ९६ जना व्यक्तिहरू सम्पर्कविहीन रहेका छन्। जसमा रसुवाका १ हजार ९ सय ६७, नुवाकोटका २ हजार ३ सय ४०, सुरक्षाकर्मी तथा कर्मचारी करिब १ सय र ५ सय ८९ जना विदेशी नागरिक रहेका छन्। हालसम्म १३ हजार ३ सय ९६ जनाको उद्वार गरेर सुरक्षित स्थानमा राखिएको पनि प्राधिकरणले जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar