भोटेकोशी बाढी : रसुवामा १३३ शव सङ्कलन

  • कालिका खवर
  • बुधबार, भदौ १७, २०८३
  • रसुवा । भोटेकोशीको बाढीमा परेर ज्यान गुमाएका १३३ जनाको शव रसुवाको विभिन्न क्षेत्रबाट सङ्कलन गरिएको छ । रसुवाका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार रसुवाको टिमुरे क्षेत्रबाट १०४, स्याफ्रुबेँसी र रोङ्गा क्षेत्रबाट १८ तथा बेत्रावती क्षेत्रबाट ११ जनाको शव सङ्कलन गरिएको हो । गन्हाउन थालेपछि ती सबै शव हेलिकप्टरमा नुवाकोटको विदुर लग्ने कार्य जारी रहेको उनले बताए ।

    यसैबीच, १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् गृहमा फसेका व्यक्तिको उद्धारमा कठिनाइ भएको छ । नेपाली सेनाको ६ नं बाहिनीका बाहिनीपति सहायक रथी प्रज्ज्वल राणाका अनुसार हिलो जमेका कारण सुरुङ खोल्ने अवस्था छैन । स्याफ्रुबेँसीस्थित २० मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा फसेकाहरुको उद्धार कार्य भने जारी रहेको नेपाली सेनाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar