भक्तपुरको सिपाडोलबाट कैदीबन्दी पक्राउ

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २१, २०८२
  • काठमाडौँ । जेलबाट भागेका एक जना कैदीबन्दीलाई प्रहरीले भक्तपुरको सिपाडोलबाट शुक्रबार पक्राउ गरेको छ । रामेछापको बेथान घर भएर भक्तपुरको सुर्यविनायक नगरपालिका–८ सिपाडोलमा बस्ने ३१ वर्षीय कमल विश्वकर्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले बताए ।

    जेनजी प्रदर्शनको क्रममा उनी भदौ २४ मा सुन्धारा स्थित केन्द्रीय कारागारबाट फरार भएका थिए । प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेर कारागारको जिम्मा लगाउने तयारी गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar