भिभो भी८० लाइट नेपालमा सार्वजनिक, मूल्य ६३ हजार ९९९ रुपैयाँदेखि

  • कालिका खवर
  • सोमवार, भदौ २९, २०८३
  • काठमाडौँ। भिभोले नेपालमा नयाँ स्मार्टफोन भिभो भी८० लाइट आधिकारिक रूपमा सार्वजनिक गरेको छ। कभ्र्ड डिजाइन, शक्तिशाली ब्याट्री, टर्बो पर्फमेन्स र १.५के अल्ट्रा इमर्सिभ डिस्प्लेसहित फोन नेपाली बजारमा ल्याइएको हो।

    ‘स्ले एभरी एज’ डिजाइन अवधारणामा आधारित भी८० लाइटमा ३डी डुअल–कभ्र्ड डिस्प्ले राखिएको छ। हातको आकारसँग सहज रूपमा मिल्ने गरी डिजाइन गरिएको यो डिस्प्लेले लामो समयसम्म फोन प्रयोग गर्दा पनि आरामदायी अनुभव दिने कम्पनीको दाबी छ। फोनमा अल्ट्रा–स्लिम युनिबडी डिजाइनसमेत दिइएको छ।

    फोनमा ७०५० एमएएच क्षमताको अल–डे ब्याट्री रहेको छ। कम्पनीका अनुसार यसले ३३ घण्टासम्म भिडियो प्लेब्याक र १२.१ घण्टासम्म मोबाइल गेमिङ गर्न सक्छ। फोन ४ एनएम प्रक्रियामा निर्मित मिडियाटेक डाइमेन्सिटी ७३६०–टर्बो चिपसेटबाट सञ्चालन हुन्छ भने १६ जीबीसम्म एक्सटेन्डेड र्यामको सुविधा दिइएको छ।

    भिभोका अनुसार भी८० लाइटले ५० महिनासम्म स्मूथ अनुभव प्रदान गर्नेछ। यसमा तीन पुस्तासम्म ओएस अपग्रेड र पाँच वर्षसम्म सुरक्षा अपडेट उपलब्ध गराइनेछ। त्यस्तै, १.५के अल्ट्रा इमर्सिभ डिस्प्लेले भिडियो, गेमिङ, फोटो तथा अन्य डिजिटल कन्टेन्ट हेर्दा स्पष्ट र विस्तृत दृश्य अनुभव दिने कम्पनीले जनाएको छ।

    क्यामेरातर्फ फोनमा ३२ मेगापिक्सेल ग्रुप सेल्फी क्यामेरा र ५० मेगापिक्सेल क्लियर नाइट पोर्ट्रेट क्यामेरा राखिएको छ। ग्रुप सेल्फीमा धेरै व्यक्तिलाई फराकिलो फ्रेममा समेट्न तथा कम प्रकाशमा पनि स्पष्ट पोर्ट्रेट खिच्न यी क्यामेराले सहयोग गर्ने कम्पनीको भनाइ छ।

    भी८० लाइट नेपालभरका अधिकृत भिभो रिटेल स्टोरमा दुई स्टोरेज भेरियन्टमा उपलब्ध छ। ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेजको मूल्य ६३ हजार ९९९ रुपैयाँ र ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेजको मूल्य ७३ हजार ९९९ रुपैयाँ तोकिएको छ।

    विशेष लन्च अफरअन्तर्गत भी८० लाइट खरिद गर्ने पहिलो १ हजार ६ सय ग्राहकले भिभो वड्स एअर थ्री निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar