भदौ २३ र २४ को आक्रमण पहिल्यै षड्यन्त्र गरिएको प्रायोजित घटना थियो : केपी ओली

  • कालिका खवर
  • बुधबार, जेष्ठ २०, २०८३
  • काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको घटना प्रयोजित भएको बताएका छन् । बुधबारदेखि काठमाडौंमा सुरु भएको एमालेको राष्ट्रिय कार्यशाला उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सुशासन र विकासका काममा गम्भीर धक्का पुर्याउने उद्देश्यले पूर्वनियोजित आपराधिक घटना घटाइएको बताएका हुन् ।

    ‘यो मैले भनेको होइन, राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले भनेको हो,’ ओलीले भने, ‘भदौ २३ २४ को आक्रमण पहिल्यै षड्यन्त्र गरिएको प्रायोजित घटना थियो। त्यो षड्यन्त्र एमालेका विरुद्धमा त थियो नै, त्यो राष्ट्रको विरुद्धमा पनि थियो।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar