भाटभटेनीमा सपिङ गर्दा २ वटा टाटा पन्च ईभी जित्ने मौका

  • कालिका खवर
  • सोमवार, अशोज १९, २०८३
  • काठमाडौं । नेपालीहरूको प्रमुख चाडपर्व दशैं, तिहार तथा छठलाई लक्षित गर्दै भाटभटेनी सुपरमार्केट र नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि आकर्षक योजना सार्वजनिक गरेका छन्। योजनाअन्तर्गत भाटभटेनीमा चाडपर्वको किनमेल गर्दा ग्राहकले नयाँ टाटा पन्च ईभी जित्ने अवसर पाउनेछन्।

    योजना अनुसार भाटभटेनीका देशभर रहेका कुनै पनि स्टोरबाट एकपटकमा रु. २ हजार ५०० वा सोभन्दा बढीको सामान खरिद गर्ने ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन्। खरिदका क्रममा प्राप्त बिलका आधारमा ग्राहकको नाम योजनामा दर्ता गरिनेछ र योजनाको अन्त्यमा लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेता छनोट गरी नयाँ टाटा पन्च ईभी प्रदान गरिनेछ।

    यसैगरी, भाटभटेनीमा नेपाल पे क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकका लागि पनि अर्को टाटा पन्च ईभी जित्ने अवसर रहेको कम्पनीले जनाएको छ। यसरी चाडपर्वको अवधिमा भाटभटेनीमा सपिङ गर्ने ग्राहकले दुई वटा नयाँ टाटा पन्च ईभी जित्न सक्नेछन्।

    योजनाको मुख्य आकर्षण रहेको नयाँ टाटा पन्च ईभीलाई कम्पनीले नयाँ पुस्ताको इलेक्ट्रिक एसयुभीका रूपमा प्रस्तुत गरेको छ। विद्युतीय ड्राइभिङसँगै प्रविधि, सुरक्षा, आराम र कनेक्टिभिटीलाई प्राथमिकता दिइएको पन्च ईभी बदलिँदो नेपाली ग्राहकको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखेर तयार गरिएको कम्पनीको भनाइ छ।

    नयाँ पन्च ईभी अत्याधुनिक एक्टि.इभी प्लेटफर्ममा आधारित रहेको छ। यसमा ३२ किलोवाट आवर र ४० किलोवाट आवरका दुई ब्याट्री विकल्प उपलब्ध छन्। कम्पनीका अनुसार नेपालको बाटोमा गरिएको परीक्षणअनुसार यसले एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ।

    सुरक्षा तथा सुविधातर्फ पन्च ईभीमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, बीएनसीएपी ५–स्टार सुरक्षा रेटिङ, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, १.५सी डीसी फास्ट चार्जिङ, भ्वाइस–एक्टिभेटेड सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस उपलब्ध छन्।

    टाटा मोटर्सका अनुसार नेपालमा रहेका २० वटा शोरुमसँगै अब देशभरका २८ वटा भाटभटेनी स्टोरमा समेत टाटा कारबारे जानकारी लिन सकिनेछ। कम्पनीले चाडपर्वको अवधिमा भाटभटेनीमा सपिङ गर्ने टाटा कारका ग्राहकका लागि थप विभिन्न सरप्राइजसमेत उपलब्ध गराउने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar